News Portal

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ, बुधबार राती १२ बजेबाट लागू

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २ सय डलर वृद्धि भएको छ। एलपी ग्यासको मूल्य भने यथावत् कायम राखिएको छ।

नेपाल आयल निगमले केही दिन अधी मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा उल्लेख गरी मुल्य बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...