News Portal

सांसद तामाङले गरे मेलम्ची खानेपानीको गाडी दुरुपयोग

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौँ। पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समितिंं) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो।

उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको हो। गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन्। उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ। गाडी मर्मतमा ७ लाख ६५ हजारको स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन्। उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयो, बुझ्नुपर्छ।’

ग्यारेजमा थन्किएको छ गाडी सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीको गाडी लगेका थिए। उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ। तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेको छ।

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो। पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेको तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए। – योहोटिभी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...