News Portal

  • सोलुखुम्बुबाट राजधानीका लागि हिडेका सुमो दुर्घटना, ३ जना यात्रु धाईते

    हिमालीसंचार संवाददाता
    १९४ पटक

    सोलुखुम्बु – सोलुखुम्बु जिल्लाबाट राजधानी काठमाडौंका लागि छुटेको सुमो दुर्घटना हँदा ३ जना घाइते भएका छन्। सोलुको सल्लेरीबाट काठमाण्डौ राजधानीका लागि छुटेको ना १ ज ४८०४ नम्बरको सुमो सोलु स्थित दुधकुण्ड नगरपालिका ११ तिङनासामा दुर्घटना भएको हो ।

    दुर्घटनामा सवारीचालक सिन्धुपल्चोकको जुगल गाउँपालिका ५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौ महानगरपालिका १० का ३२ वर्षीय शेखर शर्मा सामान्य घाइते भएका छन्। 

    जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटुवालका अनुसार घाइते सबैलाई स्थानीय रमिते स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात काठमाडौ पठाइएको छ ।  सुमो आफै अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । सुमोमा ९ जना सवार यात्रु मध्ये ६ जना भने सकुशल रहेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख...

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज...

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण...

    क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा...