News Portal

सोलुखुम्बुबाट राजधानीका लागि हिडेका सुमो दुर्घटना, ३ जना यात्रु धाईते

हिमालीसंचार संवाददाता
२५० पटक

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाबाट राजधानी काठमाडौंका लागि छुटेको सुमो दुर्घटना हँदा ३ जना घाइते भएका छन्। सोलुको सल्लेरीबाट काठमाण्डौ राजधानीका लागि छुटेको ना १ ज ४८०४ नम्बरको सुमो सोलु स्थित दुधकुण्ड नगरपालिका ११ तिङनासामा दुर्घटना भएको हो ।

दुर्घटनामा सवारीचालक सिन्धुपल्चोकको जुगल गाउँपालिका ५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौ महानगरपालिका १० का ३२ वर्षीय शेखर शर्मा सामान्य घाइते भएका छन्। 

जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटुवालका अनुसार घाइते सबैलाई स्थानीय रमिते स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात काठमाडौ पठाइएको छ ।  सुमो आफै अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । सुमोमा ९ जना सवार यात्रु मध्ये ६ जना भने सकुशल रहेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...