News Portal

  • चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ शहर लकडाउन

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ। सबैभन्दा धेरै कोरोना संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

    चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ शहर र काउन्टीमा पुन लकडाउन गरिएको छ। एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको शहर शेनझेनमा पनि लकडाउन गरिएको छ। झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन्। चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन्। 

    ‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन्। ६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ। चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपालको वैदेशिक व्यापार २० खर्ब नाघ्यो, निर्यातमा ८१ प्रतिशतको ऐतिहासिक वृद्धि

    काठमाडौं, साउन ६ – आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार ऐतिहासिक रूपमै उकालो लागेको...

    प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, विकास सहकार्य र ‘एक चीन नीति’लाई लिएर गहिरो छलफल

    काठमाडौं, साउन ६ – मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास...

    सल्लेमा सर्पले टोकेपछि एक व्यक्ति घाइते, थप उपचारका लागि काठमाडौं रिफर

    काठमाडौँ, साउन ६ – लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोको समस्या...

    आज २०८२ साल साउन ६ गतेको राशिफल

    आज साउन ६, २०८२ (जुलाई २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा...