News Portal

मोरङको टाईम्स हस्पिटलले निःशुल्क आँखा शिविर संचाल

हिमालीसंचार संवाददाता
५०४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाका रंगेली नगरपालिका ७ स्थित रहेको टाईम्स हस्पिटलले निःशुल्क आखा शिविर उपचार तथा सल्यक्रिया सेवा सुरु गरेको छ ।

अस्पतालले विशेषज्ञ डाक्टर सहितको सेवा रंगेली पहिलो पटक संचालन गरिएको हो । पछिल्लो समयमा अस्पतालमा अध्यक्ष तथा पदाधिकारीहरुको हेरफेर भएसंगै अस्पतालमा थप सेवाहरु समेत संचालनमा ल्याएको छ ।  

अस्पतालमा बिगतका दिनहरुमा २४ घण्टा एमर्जन्सि, दैनिक विरामी जाँच सेवा फिजिसियन सेवा, प्रस्तुति तथा स्त्री रोग सेवा, नवजात शिशु तथा बाल रोग,  हाडजोनी तथा नशा रोग, छाला तथा यौन रोग,  दन्त उपचार लगायत सेवाहरु समेत दिदै आईरहेको थियो । 

बिगत बर्षदेखि रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका स्थानीयहरुले आँखाको सफल अप्रेशन गर्नेका लागि रंगेलीदेखि २२ किलोमिटर टाढा प्रदेशको राजधानी पुगेर मात्रै सफल आँखाको अप्रेसन गर्नुपर्ने बाध्यता रहेता पनि अबका दिनमा भने आफ्नै गाउँ घर नजिकै सफल उपचार गराउन पाउँदा आफूहरु खुशी भएको स्थानीय हरेराम मुखियाले बताए । 

अध्यक्ष सुब्बाका अनुसार यस भेगका गरिव परिवारहरुले बर्षौदेखि अहिलेसम्म पनि आँखामा माेतियविन्दु बोकेर हिड्ने गरेको र अब हामीहरुले नै यहिबाट सेवा दिएपछि अबका दिनहरुमा कसैले पनि आफ्नो रोग नलुकाई नवस्न र समयमै उपचार गराउन सल्लाह समेत दिएका छन ।  

अन्यत्र भन्दा टाईम्स अस्पतालले हरेक सेवामा गरिव परिवारलाई  सहुलियत र सहज होस् भनेर कम रकममा सेवा प्रवाह गर्दै आईरहेको समेत अध्यक्ष सुब्बाले हिमालीसंचारडटकमसंग बताए।

एक दिने निःशुल्क आँखा शिविरमा १  सय ६० जनाले आँखा चेकजाँच गराएका थिए । ७० जनाबृद्धहरुको मोतिया बिन्दु फेला परेको र उनिहरुको अस्पतालमै केही दिन पछि बृद्घहरुको  सल्यक्रिया समेत गरिने टाईम्स अस्पतालका अध्यक्ष भक्त सुव्वाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...