
युवा राई/हङकङ – हङकङमा भूकम्पको धक्का महसुस भएपछि हङकङका हजारौ जनताले हङकङ अब्जर्भेटरीलाई आपतकालीन पुर्व चेतावनी नदिएको भन्दै असन्तुष्ट जनाएका छन्।
सोमवार बिहान करिब २ः३० बजे हङकङ शहर, काउलुन र न्यू टेरिटोरीका धेरै नागरिकहरूले करिब ५ सेकेन्डसम्म भूकम्पको धक्का महशूस बताएका छन् ।
हङकङका पूर्वनुमान विभाग अब्जर्भेटरीले पूर्व जानकारी र ‘इमर्जेन्सी अलर्ट’को सूचना नपठाएको भन्दै हङकङका नागरिकले चिन्ता व्यक्त गरेको स्थानीय मिडियाले जनाएका छन्।
हङकङका अब्जर्भेटरीको प्रारम्भिक विश्लेषणले दक्षिणपूर्वी चीनको तटीय क्षेत्रमा बिहान २ः२९ बजे ४ः१ म्याग्निच्युडको भूकम्प गएको बताएको छ। भूकम्पको केन्द्रबिन्दु २२.५१ एन र ११५.०४ई, हङकङको लगभग ९२ किलोमिटर पूर्व-उत्तरपूर्वलाई मध्य विन्दु बनाएर भूकम्पको गएको बताईएको छ।