News Portal

  • झमक-कृष्णमायाले ५४ औं वैवाहिक गठबन्धनको अबसरमा रंगेलीका वित्पन्न बिधार्थीहरुलाई कपी कलम वितरण

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगली नगरपालिका ३ रञ्जनीमा विस २०१७ सालदेखि बस्दै आएका झमकबहादुर खड्का र कृष्णमाया खड्काले आफ्नो ५४ औं  वैवाहिक बसन्त पार गरेको अवसरमा स्थानीय बिधालयका बालबालिकाहरुलाई कपी,  कलम बितरण गरेका छन ।

    रंगेली नगरपालिका स्थीत वडा नं. ७ मा रहेको निचामारी प्राथमिक बिधालयमा अध्यनरत बालबालिकाहरुलाई एक कार्यक्रमको आयोजना गर्दे दम्पतीले सो बिधालयमा अध्यनरत अति विपन्न परिवारका १ सय ५०  बालबालिकाहरुलाई  कपी, डट्पेन वितरण गरेका हुन् । 

    पछिल्लो समय बैबाहिक गाठ तथा जन्म उत्सवमा हुनेखाने समुदायले लाखौं रुपैयाँ खर्च गरेर आफ्नो जन्मोउत्सव मनाउने प्रचलन बढेको हुनाले आफुले बैबाहिक उत्सवमा खर्च गर्ने रकम अति विपन्न परिवारका बालबालिकाहरुलाई केही मात्रामा सहज हुने देखेपछि आफुले आध्ययन गरेका बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई केही सहयोग गरेको हिमालीसंचारडटकमसंग खड्काले बताए । 

    बिधालयको प्राङ्गणमा एक आपसमा फुलका माला लगाई दिएर बैबाहिक साधगाठ मनाएका हुन । आगामी दिनमा आफ्नो शरीर स्वास्थ्य रहेमा फेरि पनि बिधालयमा पठनपाठन गर्ने बालबालिकाहरुलाई सहयोग गर्दे जाने खड्काले बताए । बिधालयको प्रध्यानध्यापक कुन्दन साह शिक्षक, शिक्षिका लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साउन ४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, विदेश भ्रमण र विकास साझेदारीलाई प्राथमिकता

    काठमाडौं, साउन ७ – सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित १० वटा महत्वपूर्ण...

    निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

    काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको...

    बाढीले बगायो ताप्लेजुङको बेलिब्रिज, अरुण नदी आसपास सतर्कता अपनाउन प्रशासनको अनुरोध

    ताप्लेजुङ, साउन ७ – ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने रानी पुलस्थित बेलिब्रिज...

    आज २०८२ साल साउन ७ गतेको राशिफल

    आज साउन ७, २०८२ (जुलाई २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...