News Portal

पल शाहले दिए सरकारी वकिलसमक्ष यस्तो बयान

हिमालीसंचार संवाददाता
४३६ पटक

काठमाडौं। एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ।

उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ। पलविरुद्ध गैँडाकोटमासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो। उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन्।

१७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन्। सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो।

कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं। राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ। जबर्जस्ती गरेको होइन।”

उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन्। सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन्।

होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ। प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ।

अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ। गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठाउनेछ। दुवै जिल्ला एकै प्रकृतिको घटनाको किटानी भएकाले तनहुँबाट अदालती प्रक्रिया अगाडि बढाइन लागेको हो।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...