News Portal

गायक प्रकाश सपुतको गीतमा आपत्ति मान्नुपर्ने कुरा छैन : डा. भट्टराई

हिमालीसंचार संवाददाता
१८३ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतको सार्वजनिक गीतमा समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायक सपुतको समर्थन गरेका हुन् ।

जनयुद्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा गायक सपुतले माओवादी जनयुद्धका वृत्त देखाएका छन्। गीतको विवादबारे डा. भट्टराई भन्छन्, म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्साएको छ। भट्टराईले भनेका छन्; ‘क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने ?’

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सर्जक सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने समेत बताएकी छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...