News Portal

  • सुनकोशीको फोक्सिङटार निर्माणधीन पुलले गति लियो, ट्रस राखेर आरसिसि ढलान सुरु

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    खोटाङ – खोटाङ जिल्ला र उदयपुर जिल्लाको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको कामले गति लिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको कामले पछिल्लो समय गति लिएको हो । विस २०७५ सालमा बनिसक्नु पर्ने पुलको अहिले ‘आर्क’को ट्रस राखेर आरसिसि ढलान सुरु गरिएको छ ।

    गत २० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरिएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले हिमालीसंचारडटकमसंग बताए । चैतभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुने उनको जोड छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपटक म्याद थप हुँदा पनि पुलको काम पुरा हुन सकेको छैन ।

    उक्त ‘आर्क’ पुलको खोटाङ जिल्ला र उदयपुर जिल्लातर्फ दुई दुई कोलम ढलान शुरु भएको साईड इन्चार्ज मगरले बताए । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले पुलको काम नरोकिने निर्माण पक्षले दावी गरेको छ । पुलको ‘आर्क’ ढलान सुरु भएपछि पुल निर्माणको कामले चाँडै पूर्णता पाउनेमा स्थानीय विश्वस्त रहेका छन् 

    गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने मोटरेबल पुल बनाउन सुरु गरिएको हो । फोक्सिङटारमा आर्क ब्रिज निर्माणको काम सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाईघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउने भएको हो। 

    उक्त पुलको तेश्रोपटक म्याद थप भएको आगामी चैतमा पुनः सकिदैछ । तर, बाँकी समयभित्र पुल निर्माणको काम सम्पन्न हुने छाँट छैन । फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्नेगरी ठेक्का लागेको हो ।

    फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत प्रभाव परिरहेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।

    फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    साउन ४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, विदेश भ्रमण र विकास साझेदारीलाई प्राथमिकता

    काठमाडौं, साउन ७ – सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित १० वटा महत्वपूर्ण...

    निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

    काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको...

    बाढीले बगायो ताप्लेजुङको बेलिब्रिज, अरुण नदी आसपास सतर्कता अपनाउन प्रशासनको अनुरोध

    ताप्लेजुङ, साउन ७ – ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने रानी पुलस्थित बेलिब्रिज...

    आज २०८२ साल साउन ७ गतेको राशिफल

    आज साउन ७, २०८२ (जुलाई २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...