आज : २०२६-०९-२१, सोमबार

लागु औषध सहित चौप्राहा सिमाबाट दुई युवा पक्राउ

रबिन्द्र बराल/मोरङ – मोरङको जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित नेपाल-भारत सिमानामा पर्ने चौप्राहा सिमाबाट बुधबार राती चेक जाँच गर्ने क्रममा दुई जना युवा नेपालमा प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका छन ।

भारतबाट नेपाल तर्फ आउदै गरेको  अनटेष्ट लेखिएको नया स्कुटी चेक जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । प्रहरीले मोरङको रंगेली नागरपालिका वडा नम्वर  ७ बस्ने वर्ष ३१ को बसन्त ठाकुर र वडा नम्वर ६ बस्ने ३२ बर्षीय शंकर मण्डल पक्राउ गरेका हुन् । निजहरुको शरिर खोत तलासी गर्ने क्रममा नेपालमा प्रतिवन्धित लागुऔषध नाईट्राभेट २१ गेटी र कोरेक्स एक बोटल सहित पक्राउ गरेका हुन् ।

उनीहरुलाई आबस्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाईएको सशस्त्र प्रहरी प्रमुख कमल अधिकारी हिमालीसंचारडटकमसंग बताए ।