News Portal

ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार

हिमालीसंचार संवाददाता
३२८ पटक

सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

पालिका भित्रका सबै वडाहरुमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बुले बताए । उनका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्नेछन् । त्यसपछि कति दाँत लगाउनुपर्ने यसको नाप लिइने छ । सबै वडामा ज्येष्ठ नागरिकको दाँतको आकारको नाप प्राविधिकले लिनेछ । नापअनुसारको दाँतको डिजाइन गरेर गाउँपालिका केन्द्रमा दाँत उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दन्त उपहार उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाको सम्झौता समेत भएको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए ।

ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराउन लागेको गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताईन् ।

जेष्ठ नागरिकको दाँत नहुँदा खाना खान, बोल्न, मेलापात जान तथा सौन्दर्यता र मानसिकरुपमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले गाउँपालिकाले ज्येष्ठ नागरिकको मनोबल उच्च बढाउनका लागि दन्त उपहार उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...