News Portal

युवती हत्याको कसुरमा पक्राउ परेका कार्कीलाई ३६ वर्ष कैद सजाय

हिमालीसंचार संवाददाता
३६० पटक

ताप्लेजुङ। पाँच महिना अघि फक्ताङलुङ गाउँपालिका-३ लिङखिमकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय गरेको इजलास सहायक निमा छिरिङ शेर्पाले जानकारी दिए।

पीडकबाट पीडित पक्षलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको शेर्पाले बताए। शेर्पाका अनुसार जन्मकैदको फैसलाअनुसार २५ वर्ष कैद हुन्छ। जबरजस्ती करणीको ११ वर्षसमेत जोड्दा ३६ वर्ष सजायको फैसला सुनाइएको हो।

फुङलिङ-१० फुरुम्बु घर भएका ट्याक्टर चालक कार्कीले भानुजन माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत पुष्पा तवेवुङलाई बलात्कारपछि हत्या गरेको ठहर अदालतले गरेको छ।

उनले गत असोज १५ गते राति फुङलिङ नगरपालिका-५ सेते चौतारा छेउमा लगी भिरबाट धकेली हत्या गरेको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो। नौ महिनादेखि प्रेममा रहेका कार्कीले सँगै मरौं भनेर ललाइफकाइ गरेर विष सेवन गराएर पहाडबाट धकेलिदिएको दाबी प्रहरीको थियो।

पुष्पा मृत अवस्थामा भेटिएपछि परिवारले कार्कीमाथि शंका गरी प्रहरीमा किटानी जाहेरी दिएका थिए। पुष्पाको हत्या भएको दुई दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो भने, अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...