News Portal

मुख्यमन्त्री राईले कर्मचारीलाई भने, ‘जनताको हितमा काम गर्नुहाेस भनेर निर्देशनदिएका छन्

हिमाली संचार संवाददाता
८५५ पटक

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहिबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्दे मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘तपाईहरु नयाँ जिम्मेवारीमा हुनुहुन्छ, प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्, हामी त्यही अनुसार तपाईहरुको मूल्यांकन गर्नेछौं ।’

‘हामी अहिले नयाँ नेपालमा छौं, त्यसैले तपाइहरु नयाँ सोच, शैली र तरिकाबाट कार्य सम्पादन गर्दे सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्न म आग्रह गर्दछु,’ मुख्यमन्त्री राईले भने ।

प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ढंगले कार्यान्वयन गरेर कृषकको अपेक्षा बमोजिम काम गर्न पनि मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिए ।

हामी यस प्रदेशका किसानहरुको समस्या अन्त्य गर्न चाहन्छौं, मुख्यमन्त्री राईले भने हाम्रो बजेट किसानहरुका समस्या सम्बोधन गर्न केन्द्रीत छ ।

‘प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र भएकोले कृषिलाई हामीले पहिलो प्राथमिकता दिएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘अब हामी प्रत्येक किसानहरुको भावना, आकांक्षा सम्बोधन हुने नीति तथा कार्यक्रम तर्जुमा गर्छौं ।’

‘अब हामीले निर्वाहमूखि कृषि होइन, व्यवसायिक कृषिलाई विकास गर्नुछ,’ राईले भने, ‘जसबाट हजारौं रोजगारी सिर्जना हुन सकोस् ।’

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...