
नबराज राई/संखुवासभा – संखुवासभाको हिमालय माध्यामिक विद्यालय खाँदबारी अन्तर्राष्ट्रिय स्कूल अवार्ड International School Award-ISA बाट पुरस्कृत भएको छ । यो सामुदायिक विद्यालय अन्तर्राष्ट्रिय स्कूल अवार्ड सन २०२१–२४ बाट सम्मानित भएको हो ।
विद्यालयलाई आज एक कार्यक्रम्का वीच ब्रिटिस काउन्सील नेपालका एम्बासाडर तथा परियोजना पथपर्दशक अमित विक्रम सिजापतिले ट्रफी तथा प्रमाणपत्र हस्तान्तरण गरेको थिए। अवार्ड प्राप्त गर्न विद्यालयले ब्रिटिस काउन्सील नेपालद्वारा स्वीकृत विभिन्न ७ वटा परियोजना सम्पन्न गरेको थियो। सोही परियोजनाको मुल्याङ्कनका आधारमा विद्यालयलाई यो अवार्ड प्राप्त भएको हो ।
विद्यालयले शिक्षक विद्यार्थीको प्रत्यक्ष सहभागीतामा हाम्रा पूर्खाहरुको लोककथा, विद्यालयमा जङ्कफुड प्रतिबन्ध तथा जनचेतना, स्थानीय सामग्रीको प्रयोगबाट कार्बनडाइअक्साइड ग्यास निर्माण, आर्किडिमिजको सिद्धान्त, स्थानीय पाठ्क्रम अन्तर्गत अल्लोबाट रोजगारी तथा आयआर्जन लगायतका ७ वटा परियोजना सम्पन्न गरेको थियो ।
विद्यालयका शिक्षक भरत कुलुङको संयोजकत्वमा संचालित परियोजना कार्यमा विद्यालयका कक्षा ५, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो परियोजना कार्य मितेरी स्थानीय विद्यालय तथा बेलायत र पाकिस्तानका सरकारी विद्यालयको सहकार्यमा सञ्चालन गरिएको थियो । परियोजना संचालनका क्रममा विद्यार्थीहरुले आ–आफ्नो देशको लोककथा, लोकगीत लगायतका बिषयमा अनुभव आदान प्रदान गरेका थिए ।
खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा, शिक्षा विकास तथा समन्वय प्रमुख केशव भट्टराई, व्रिटिस काउन्सील नेपालका एम्बासाडर अमित विक्रम सिजापति र सोमा श्रेष्ठ, मितेरी विद्यालयका प्रधानाध्यापक तथा अविभावक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परियोजना अन्तर्गत सञ्चालित परियोजनाका सक्रिय सहभागी शिक्षक तथा विद्यार्थी तथा सहजकर्ताहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा वधाई तथा शुभकामना मन्तव्य दिदै वक्ताहरुले विद्यालयले अवार्ड प्राप्त गर्नु सबैको गौरवको विषय भएको भन्दै यसलाई कायम राख्न सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यार्थी लक्ष्मी घिमिरेले परियोजनाले आफूहरुले गरेर सिक्ने अवसर पाएको, सिकाई व्यायवहारिक तथा दिगो भएको र सोचाई फराकिलो भएको अनुभव सुनाउनु भयो । कार्यक्रम्मा शिक्षक अभिभावक संघका अध्यक्ष सुनिता गुरुङले अवार्ड प्राप्त गर्नु विद्यालयको गौरवको बिषय भएको भन्दै परियोजनामा विद्यालयलाई छनौट गर्ने ब्रिटिस काउन्सील नेपाल र शैक्षिक परियोजना कार्यमा अहोरात्र खट्नुभएका सम्पूर्ण शिक्षक विद्यार्थी तथा सरोकार निकायहरुलाई धन्यवाद ज्ञापन समेत दिएको थिए।
यसैवीच हिमालय माध्याकि विद्यालय आङला पनि अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट पुरस्कृत भएको छ । सो विद्याालयलाई हिजो आयोजित विद्यालयको बार्षिकोत्सवका अवसरमा अवार्ड हस्तान्तरण गरिएको थियो । अवार्ड सो विद्यालयका ब्रिटिस काउन्सील नेपालका एम्बासाडर तथा सो परियोजनाका पथप्रर्दशक सोमा श्रेष्ठले हस्तान्तरण गरेका थियो । आइएसए अवार्डका लागि जिल्लाका छनौट भएका १९ विद्यालयहरु मध्ये हिमालय माध्यामिक विद्यालय खाँदबारी र हिमालय माध्यामिक विद्यालय आङला पुरस्कृत भएका हुन् ।