News Portal

पल शाह होइन, अब समीक्षा–दुर्गेशहरू जेल जाने पक्का

हिमालीसंचार संवाददाता
६९० पटक

काठमाडौं। गायिका समीक्षा अधिकारीले नायक पल शाहलाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अधिकारीले बुधबार शाहविरुद्ध तनहुँ प्रहरीमा बलत्कारको उजुरी दिएकी थिइन्। शाहले आफू विरुद्ध भएको षड्यन्त्रको अडियो फेसबुक मार्फत सार्वजनिक गरेका छन्। प्रमाणका रुपमा राखिएका अडियोहरू शाहको फेसबुक पेजमा गएर सुन्न सकिन्छ।

शाहले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाइँका अडियो नै फेसबुकमा प्रमाणका रुपमा राखेका छन्।

‘नमस्कार म पल शाह। म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु’, शाहले भनेका छन्।
‘सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरू सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु’, शाहले भनेका छन्।
‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’, उनले भनेका छन्।
‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत बिभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठीक र के बेठीक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोल’, शाहले भनेका छन्।
‘यदि म दोषी भए नेपालको कानून बमोजिम सजाय भोग्न तयार छु’, उनले भने, ‘जुन व्यक्तिहरूले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ती व्यक्तिहरूको नाम यस प्रकार रहेको छ।’

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

पल शाहविरुद्ध यसरी भएको थियो फसाउने योजना अडियो सुन्न तल क्लिक गर्नुहोला।

Voice-plan-1 Download

Voice-plan-2 Download

Voice-plan-3 Download

Voice-plan-4 Download

Voice-plan-5 Download

Beer-plan Download

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...