News Portal

कलाकार जयनन्द लामाको निधन

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौँ। वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– २ खार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्नेबेला लडेका थिए। लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो। दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए।

उनले गाएका र सङ्गीत भरेका थुप्रै गीतहरू नेपाली संगीत बजारमा चर्चित छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जालगायत चलचित्रहरूमा पनि अभिनय गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चित छन्। उनले नेपाली लोक दोहोरीको रियालिटी सो ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...