News Portal

ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण शुरु हुने

हिमालीसंचार संवाददाता
४०१ पटक

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा करिब ३ अर्ब लागतमा आउँदो महिनादेखि केवलकार निर्माण सुरु हुने भएको छ। निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले सदरमुकाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा आउँदो महिनादेखि काम संञ्चालन गर्ने जानकारी गराएको हो।

कम्पनीका अनुसार कुल लागतको ३ प्रतिशत अर्थात १० करोड रुपैयाँ बरावरको स्थानियलाई शेयर दिने भएको छ। कम्पनीका परामर्शदाता तथा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले पाथीभरामा केबलकार बनेसँगै जिल्लाको पर्यटन क्षेत्रमा पुग्ने योगदानको विषयमा जानकारी गराउनुभयो।

अबको ३ वर्षभित्रमा निर्माण सम्पन्न गरेर संञ्चालनमा ल्याउने सकेमा ७ लाख पर्यटक ल्याउन सकिने प्रक्षेपण समेत गरेका छन्। केवलकारबार बनेमा रोजगार तथा स्वरोजगारको सृजना तथा सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वाधार निर्माणको काममा समन्वय हुने कम्पनीले जनाएको छ।

प्रमूख कार्यकारी अधिकृत स्वदेश गुरुङका अनुसार बातावरणीय प्रभाव मूल्याङकनदेखि डीपीआर तयार गर्दासम्म धेरै कुरा अध्यन गर्न सम्भव बनेकाले निर्माणमा समस्या नहुने अपेक्षा छ। यद्यपी जिल्लाबासीको सहयोग हुनुपर्नेमा प्रमूख कार्यकारी अधिकृत गुरुङले जोड दिनुभयो।

जिल्ला समन्वय समिति प्रमूख घनेन्द्र मादेनले धरानबाट ताप्लेजुङ एकै दिनमा आवतजावत सम्भव भएकाले केवलकार बनेपछि कसरी यहाँ अड्याउने भन्नेमा चिन्ता व्यक्त गर्नुभयो। मादेनले भने,“हामी केबलकारको विरोधमा छैनौ। तथापी केबलकार कम्पनी र स्थानियलाई पनि कसरी फाइदा हुन्छ।

यतातर्फ पनि सोच्नुपर्छ। संविधान सभा सदस्य पासाङ शेर्पा,प्रदेश सांसदद्धय बल बहादुर साम्सोहाङ र होमकुमारी सावाले जिल्लाको पर्यटन विकासमा केबलकार कासेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।

केबलकार निर्माण भएसँगै जिल्लाको चौतर्फी व्यवसायमा सम्भावनाको ढोका खुल्ने भएकाले सबैको सहयोग हुनुपर्ने खाँचो औल्याएका छन्। स्थानिय सरकारको राजश्व तथा करमा वृद्धि हुने र आयआर्जनका विभिन्न पेशा फस्टाउने सहभागीले आशा गरेका छन्।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...