News Portal

नेपालसंग ओमान ३९ रनले पराजित

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो।

नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउँदै अलआउट हुनपुग्यो। ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए।

नेपालका लागि कमलसिंह ऐरीले सर्वाधिक तिन विकेट लिए। यस्तै, जितेन्द्र मुखिया, दिपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान दुई/दुई तथा अभिनास बोहोराले एक विकेट लिए।

नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए। यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित रहँदै ७ बलमा १६ रन बनाउन सफल भए। पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन मात्र जोड्न सके। ओपनर आशिफ शेख र कुशल भुर्तेल क्रमशः ४ र ५ रनमा आउट भए।

ओमानका लागि खवार अलिले सर्वाधिक तिन विकेट लिए। बिलाल खानले दुई तथा फायाज बुटले र जिसन मक्सुदले समान एक विकेट लिए। यस जितसँगै नेपालले सुखद सुरुवात गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...