News Portal

नेपालसंग ओमान ३९ रनले पराजित

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो।

नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउँदै अलआउट हुनपुग्यो। ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए।

नेपालका लागि कमलसिंह ऐरीले सर्वाधिक तिन विकेट लिए। यस्तै, जितेन्द्र मुखिया, दिपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान दुई/दुई तथा अभिनास बोहोराले एक विकेट लिए।

नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए। यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित रहँदै ७ बलमा १६ रन बनाउन सफल भए। पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन मात्र जोड्न सके। ओपनर आशिफ शेख र कुशल भुर्तेल क्रमशः ४ र ५ रनमा आउट भए।

ओमानका लागि खवार अलिले सर्वाधिक तिन विकेट लिए। बिलाल खानले दुई तथा फायाज बुटले र जिसन मक्सुदले समान एक विकेट लिए। यस जितसँगै नेपालले सुखद सुरुवात गरेको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...