News Portal

  • धादिङमा अपरेटरको लास अझै उठेन, उचित क्षतिपूर्ति नपाए आन्दोलन गर्ने तयारी

    हिमालीसंचार संवाददाता
    ८९१ पटक

    धादिङ – गंगाजमुना  गाउपालिका-५ मजुवा बेशीमा सुकु भन्ज्याङ मरौटी बाटो निर्माण समितिको काम गर्दै गर्दा  मंगलबार ३ गते अपरान्ह १ बजे मृत्यु भएको थियोे। अपरेटरको परिवारले उचित क्षतिपूर्ति नपाएसम्म र बाच्ने आधारको ग्यारेन्टी नभएसम्म शव नउठाउने बताएका छ्न।

    मृतकको श्रीमती ललिता धामीले श्रीमानले काम गरेको पारिश्रमिक समेत दुई महिनाको बाँकी रहेको बताए। काम गर्ने अपरेटरको पारिश्रमिक जहिले पनि दुई /तीन महिना बाकी राख्ने कुरा मृतकको श्रीमती ललिता धामीले बताए।

    धादिङ कन्ट्रक्सनद्वारा संचालित बा २ ख ७६८९ नम्बरको एक्सावेटर अपरेटर रोशन कुमारको पारिश्रमिक लामो समय रोकेर जवरजस्ती खतरापूर्ण र जोखिम ठाउमा बिनासुरक्षा काममा लगाएको कारण आफ्नो श्रीमानको मृत्यु भएको र आफूहरु लामो समयदेखि चितवनमा भाडामा बस्दै आएको अबस्था नाजुक भएको नाबालक छोरा पढाउन पर्ने।

    धेरै ऋण रहेको र अब कमाएर दिने कोहि नभएको बताउदै उचित क्षतिपूर्ति राहत र बाच्ने आधारको ग्यारेन्टी लागि २५ लाख क्षतिपूर्ति दिन गंगाजमुना गाउपालिका अध्यक्ष  बल बहादुर अधिकारी गंगाजमुना गाउपालिका ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारी र मालिक बुढाथोकी सामु मृतकको श्रीमती ललिता धामीले राहत मागेकी थिईन।

    दुवै पक्ष बिच लामो छलफल पछि पनि कुनै निष्कर्ष ननिस्किएपछि देश बिकासको लागि भौतिक बिकास निर्माणमा खटिएको अवस्थामा ज्यान गुमाउन परेको कारण सरकारबाट दिने पाच लाख बिमा रकम र आफुले काम गरेको पारिश्रमिक बाहेक कम्तिमा ९ लाख रुपैयाँ गाउपालिका, वडा र मेसिन मालिकले जुटाउन सकिने र जुटाई दिन पर्ने माग अपरेटरकोर हितमा कृयाशिल संगठन अपरेटर भिजन कर्पोशनका अध्यक्ष हिमाल बिस्वकर्माले राख्नु भएको थियो।

    मृतक परियारलाई समेत विश्वकर्माले यसैमा सहमति गरेर समस्या समाधान गर्न मनाएका थिए। तर ठेकेदार पक्षबाट सरकारबाट दिने पाच लाख बिमा रकममा एक लाख मात्रै थपिदिने र अहिले ५० हजार मात्रै दिने बताए।

    बन्दको दिन सर्लाही देखि आएको भाडा र खान बस्नको मात्रै २ लाख पुगिसकेको अवस्थामा यस्तो असान्दर्भिक कुरा गर्ने बारम्बार फोन गर्दा पनि गाउँ पालिका अध्यक्ष र वडा अध्यक्षले पीडितलाई भेट्न नचाएको भन्दै असन्तुष्ट बनेको पीडित पक्ष छिटोभन्दा छिटो छलफल र सहमती जुट्न नसके लास त्यही छोडेर आन्दोलन गर्ने बताएका छ्न।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...