News Portal

सांसद बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

हिमालीसंचार संवाददाता
२६७ पटक

काठमाडौं। नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए।

‘पीडित महिलाको जाहेरीका आधारमा बानियाँविरूद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरेका हौं,’ डिएसपी न्यौपानेले भने,‘आरोपित बानियाँलाई खोजी कार्य जारी छ। उनीविरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधान रहे बमोजिम सभामुख तथा सदनलाई समेत जानकारी दिइएको प्रवक्ता न्यौपानले बताए।

‘हामी आरोपितलाई खोजी रहेका छौं,’ उनले भने, ‘प्रहरीले फेला पार्नासाथ नियन्त्रणमा लिन्छ। ’ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्।

पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे नेता बानियाँले त्यो सबै झुट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए। – नेपालसमाचारपत्रबाट।

प्रतिकृया दिनुहोस्

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...