News Portal

म बोलिन, उचित ठानिन, त्यसैले मेरो निर्णय संसदले गर्ने जिम्मा दिएः दिपक राज गिरी

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं – नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको समयमा आफुलाई धेरै महानुभावहरुले यस विषयमा बोल्न आग्रह गरिरहेको जानकारी दिएका गिरीले आज म लेख्दैछु… आजको कान्तिपुर दैनिकमा प्रकासित समाचारको क्याप्सन राख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका संसदहरुले उचित निर्णय लिनु पर्ने धारणा उनले सार्वजनिक गरेका हुन्।

यस विषयमा कलाकारहरुले भने आफ्नो धारणा खासै सार्वजनिक गरेको पाइँदैन । यसैबीच, कलाकार दीपकराज गिरीले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले एमसीसीको विषय सडकबाट नभएर संसदबाट गर्नुपर्ने धारणा राख्दै काठमाडौ क्षेत्र नं.९ का संसदलाई यस विषयमा आफ्नो निर्णय जिम्मा दिएको बताएका छन्। 

फेसबुकमा उनी लेख्छन् ‘चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो लिङ्ग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब । आफ्नो देशलाई दीर्घकालीन फाइदा जता हुन्छ, त्यहाँ स्पष्ट भएर उभिनुपर्‍यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो । चीन र अमेरिका दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएको स्पष्ट भइसक्यो । अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन, सडकका कुरा सुन्ने पनि होइन । डाटा हेरेर विगतले के भन्छ ? मुलुकको भविष्य हेरेर निर्णय गर्ने हो ।’

गिरीले थप भनेका छन्; ‘हामी भोकै बस्छौं, कसैको सहयोग चाहिन्नँ भन्नुको अर्थ बेअर्थको भएको पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘एमसीसीको विषयमा लिङ्ग खुल्ने स्पष्ट नीति अहंकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्रको भलाइ हुनेछ । मेरो निर्णय मैले भोट हालेको सांसदले गर्नेछन् ।’

गिरीले एमसीसीको निर्णय सदनबाट नै गर्नुपर्ने बताएका छन् । ‘सडकले निर्णय गर्ने भए अरबौं खर्च गरेर देशको ढुकुटी सकेर सांसदहरु छनोट गर्नुको के मतलब ?’ उनले लेखेका छन् । देश डुब्दा जनताका प्रतिनिधि उत्रिने पक्कै छैनन् भन्दै यसको निर्णय गर्ने अधिकार संसदलाई नै रहेको जिकिर गर्दै मेरो निर्णय काठमाडौं क्षेत्र नं.९ संसदले गर्ने गरेर जिम्मा दिए जय नेपाल लेखेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...