News Portal

हङकङमा अहिले सम्मकै उच्च कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

हिमालीसंचार संवाददाता
१९३ पटक

युवा राई/हङकङ – हङकङमा कोरोना संक्रमण प्रत्येक दिन उच्च विन्दुमा पुगेको छ। आज शुक्रबार मात्र कोरोना संक्रमितको संख्या नया रेकर्ड कायम गरेको छ। आज हङकङमा १ हजार ३ सय २५ जनामा कोरोना पुष्टि भएको छ।

अस्पताल प्राधिकरणका अनुसार एक पुरुष र एक महिला कोरोना संक्रमित गरी २ जनाको मृत्यु भएको जनाएको छ । अन्य २ जनाको अवस्था चिन्ताजनक अन्य ११ बिरामीको अवस्था गम्भीर रहेको समेत बताईएको छ। 

हङकङका सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार ३ सय २५ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो।  त्यस्तै, करिब १ हजार ५ सय जनामा प्रारम्भिक संक्रमित पुष्टि भएको बताईएको छ। 

हङकङका सेन्टर फर हेल्थ प्रोटेक्शनका डाक्टर चुआङ शुक क्वानले २ जना आयातित संक्रमित बाहेक १ हजार ३ सय २३ जनामा स्थानीय रहेको बताएका छन्। डाक्टर चुआङका अनुसार १ हजार २ सय ७० जनामा कोरोना भाइरसका नया भेरियन्ट ओमिक्रोन अन्य २४ जनामा डेल्टा भेरियन्ट पुष्टि गरिएका बताईएको छ।

अधिकारीका अनुसार हङकङका अधिकंश संक्रमितहरु क्वाई चिङ, साम सुई पो, सा टिन, वोंग ताई सिन र ट्युन मुनका स्थानीयहरु रहेका जानकारी दिएका छन्। 

प्रतिकृया दिनुहोस्

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...