News Portal

नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ले मागे क्याप्टेन लामाको राजीनामा, अवकाश उमेर ५८ वर्ष पुर्‍याउन माग

'क्याबिन क्रु' को अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन माग

हिमालीसंचार संवाददाता
१९७ पटक

काठमाडौं – नियमसंगत काम नगरेको आरोप लगाउँदै नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु’ (परिचारिका र परिचारक)ले पाइलट विजय लामाले राजीनामा माग गरेका छन्।

नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापन बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न माग गरेका हुन् । पाइलट लामा वाइडबडी विमान उडाउने क्याप्टेनबाहेक ‘क्याबिन क्रु’लाई खटनपटन गराउने अपरेशन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक समेत हुन् ।

‘लामाको काम गर्ने शैली विधिसंगत नभएको नियम पालना नगरी आफूखुसी निर्णयहरु गर्दा हामी विमान परिचारिका र परिचारकको मनोबलमा असर पर्‍यो।’ करिब एक दशकपछि यसै साता पुनर्जीवीत गराइएको संघको पहिलो बैठकले निर्णयमा लेखेको छ । उनीहरुले निगम व्यवस्थापनलाई श्रम ऐनविपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालको कायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजिन प्रमुखमा महिला कर्मचारीलाई प्राथमिकतामा दिनुपर्ने लगायतका माग गरेका छन् ।

निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु छन् । जसमा एयरहोस्टेस (महिला) १०६ छन् भने ५२ स्टेवार्ड (पुरुष परिचारक) छन् । यिनमा ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् । बाँकी सबै करारमा कार्यरत छन् । पाइलट लामाले ५८ वर्षे उमेर हदका कारण एक महिनापछि अनिवार्य अवकाश पाउँदैछन् ।

संघको ज्ञापन पत्र

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...