News Portal

कलाकारले अपमानित, अन्यायको अनुभूति गर्ने दिन कहिल्यै नआओस् : अन्जु पन्त

हिमालीसंचार संवाददाता
२१२ पटक

काठमाडौं – गीतकार विपिन किरणले एक दशक अगाडिको सुपरहिट गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ फेरि गायिका रचना रिमालको आवाजमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरेसंगै विपिन र रचना विवादमा आएपछि अमेरिकामा रहेकी गायिका अन्जु पन्तले “भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्” भनेकी छिन्।

गायिका अञ्जु पन्तको आवाज र महेश खड्काको संगीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवादित भएको हो । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम उल्लेख नगरिएपछि गायिका अन्जु पन्तको यस्तो धारणा सामाजिक संजाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।

यो बिषयमा आम श्रोता र संगीतकर्मीहरुले दुःख व्यक्त गरिरहेको समयमा गायिका अञ्जु पन्तले गायिका रचना रिमाललाई आफ्नो छोरी सरह सम्बोधन गर्दै फेसबुकमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी हुन् ।

हाल अमेरिकामा रहेकी गायिकाले सामाजिक संजालमा लेखेकी छिन्–‘भर्खरै पुनः रकेर्ड भएर युट्युबमा सार्वजनिक भएको ‘न विर्से तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मुटुमा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदिश समालले पनि गाउनुभयो ।

आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन, त्यो बिषयमा मेरो केही भन्नु छैन । केही समय अगाडि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो स्वरमा नै रि–रेकर्ड गर्ने भन्नुभएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज मलाई पठाउनुभएको थियो । हामी समय अनुकुल मिलाएर पुनः रेडर्क गर्ने योजनामा थियौ ।’

गायिका अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाई बहिनीहरुलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुशीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छिन् ।

गायिका अञ्जु पन्तले अगाडि लेखेकी छिन्–‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधै स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ ।

उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

गायिका अञ्जु पन्तले यो बिषयमा विवाद र चर्चा नगरि दर्शक श्रोताको माग अनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले भोलीका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुती गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...