News Portal

सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी

हिमालीसंचार संवाददाता
४२३ पटक

बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन्।

जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ। शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन्। एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन्।

आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन्। शाहीको जाहेरी दर्ता भइसकेको छैन। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भन्नुभयो–‘सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ। हामी बुझ्दैछौं, मंगलबार यस बारेमा अरु प्रक्रिया अघि बढ्छ।’

सांसद बानियाँ र ती शिक्षिकाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ। बानियाँले २५ लाखको चेक दिएपनि पछि खोसेर लगेको उनले बताएकी छन्। त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरेको उनको दावी छ। महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे छ। दुई पटक बलात्कार, त्यो पनि कण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन्।

महिलाले बताएअनुसार, आफू माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ रहेको र काठमाडौंमा आफूले गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको थियो। सांसद बानियाँलाई फोन सम्पर्क गर्दा ‘कल फरवार्ड’ गरिएकाले सम्पर्क हुन सकेन। प्रहरी अधिकृतसँग दिउँसो सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ। – नेपालसमाचारपत्रबाट।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...