News Portal

  • लरिकट्टादेखि गोविन्दपुरसम्मको फलामे पुलको सडक बन्ने

    हिमालीसंचार संवाददाता
    १०३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको हुलाकी सडकलाई जोड्ने गरी गिरिजाप्रसाद कोइराला मार्गको निर्माणकार्य सुरु भएको छ। लरिकट्टादेखि गोविन्दपुरसम्मको फलामे पुल राखेर सडक बन्ने   भएको हो।

    नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन, विराटनगरले  सडकमा निर्माणकार्यका लागि कुल २ करोडौं ५७ लाख १५ हजार ८ सय ७६  रुपैयाँ ६२ पैसामा ठेक्का दिएको छ ।  ठेक्का शिव शक्ति – वीर जेभी, मोरङले पाएको छ। सडक निर्माणकार्य सुरु गर्नेका लागि बिधिवत रुपमा शिलान्यास गरेर सुरु गरिएको छ। 

    विस २०७८ माघ १६ गते ठेक्का पाएको शिव शक्तिले उक्त सडक खण्ड ५ महिना भित्र अर्थात विस २०८९ असार ३० गतेसम्ममा निर्माणकार्य सम्मन गर्नेगरी सक्नुपर्ने सम्झौता  गरिएको छ । सडकमा बस्ति भएको ठाउँको दायाँबायाँ तर्फ नाला तथा क्रस ड्रेनेज र रिटेनिङ स्ट्रक्चर सहित हुनुपर्ने र सडक ५० फिट चौडाई र २१ सय मिटर लम्बाई हुने भएको छ ।   

    आईतबार उक्त सडकमा रतुवामाई नगरपालिकाका मेयर रविन राईले अनौपचारिक रुपमा शिलान्यास गरेर सडकमा ग्रावेल सम्मको काम गर्नेका लागि ठेक्केदारलाई जिम्मेवारी दिएको  मेयर रबिन राईले बताए । 

    सडकको निर्माणकार्य समय अबधि भन्दा १ महिना अगाडि सम्पन्न गरि सक्ने शिव शक्ति – वीर जेभी, मोरङ प्रमुखले भने अफुहरुले मोरङको विभिन्न स्थानहरुमा सडक बनाउनेदेखि ग्रावेल सम्मको काम गर्दे आईरहेको र सबै स्थाना समय अबधि भन्दा अगाडि नै निर्माणकार्य सम्पन्न हुने निर्मल भट्टराईले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३०...

    सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो...

    प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना...

    पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

    पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप...

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...