News Portal

  • चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    काठमाडौं – चन्द्रागिरीमा हिउँ खेल्न गएका पाँच जना हराएपछि महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेका छन्।

    चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए । हिजो बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो। ५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८:३० बजे खबर भएको थियो।

    त्यसपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरीको टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।

    उनीहरुको पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरी जंगलबाट राति १:१५ बजे फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

    महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३०...

    सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो...

    प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना...

    पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

    पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप...

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...