News Portal

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौं। सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ। सशस्त्र मुख्यालयले साधारण समूह अन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ।

सशस्त्र प्रहरीमा हाल साधारण उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन्। यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डीएसपी हुने भएका छन्। सिसं ५ का केशव अवस्थी कारबाहीमा परेकाले बढुवामा ढिलाइमा परेका हुन्।

उता, सिसं ६ अन्तर्गत ९३ जना इन्सपेक्टर भएकोमा अहिले ८५ जना छन्। ८५ मध्येबाट ५६ जना डीएसपी बन्नेछन्। २१ फागुन २०६२ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उनीहरू १६ वर्षसम्म पनि इन्सपेक्टरमै छन्।

सशस्त्र प्रहरीमा अहिले एक डीआईजी पद रिक्त छ। गत ९ असारमा एक वर्ष पदावधि थप नभएकाले अवकाश पाएका प्रवीणकुमार श्रेष्ठको पद अहिलेसम्म पनि रिक्त राखिएको छ। उनले सर्वाेच्च अदालतमा दायर गरेको मुद्दा किनारा लागिसकेको छैन।

२७ माघदेखि डीआईजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठ पनि अवकाशमा जाँदै छन्। यो हिसाबले २७ माघदेखि सशस्त्रमा तीन डीआईजी पद रिक्त हुँदै छ। ११ जना एसपी पद रिक्त छ।

लेखातर्फ भने एक डीएसपी पद रिक्त छ। जसमा सिसं ४ का राजकुमार ढकाल प्रत्याशी हुन्। लेखा शाखाका इन्सपेक्टर गणेश मल्ल पनि अर्का दाबेदार हुन्। सशस्त्र प्रहरीमा बेरुजु फस्र्योटमा उनले उल्लेख्य भूमिका खेल्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...