News Portal

टेलिकमको वार्षिकोत्सव अवसरमा दिनभर भीओएलटीई कल निःशुल्क, २९४ रुपैयाँमै २० जीबी डेटा

हिमालीसंचार संवाददाता
१९३ पटक

काठमाडौं – सरकारी स्वामित्वको नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८ औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ। एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने टेलिकमले जनाएको छ ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने समेत उल्लेख गरेको छ। कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी नयाँ डेटा प्याक अफर पनि ल्याएको छ। 

जसमा ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा सेवाग्राहीले प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै, ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।

टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ । ग्राहकले यो प्याक *१४१५*११# डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने समेत जनाइएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...