News Portal

  • पत्रकारलाई दुर्गा प्रसाईले धम्की, नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    झापा- झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पत्रकार महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए। 

    महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ । 

    यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १६ गतेको राशिफल

    आज साउन १६, २०८२ (अगस्त १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    साउन १५ को मिठास सबै नेपालीका लागि होस् : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १५ – नेपाली जनजीवनको स्वादिलो संस्कार। यही दिनको विशेष अवसरमा आयोजित ‘स्रष्टा भेटघाट...

    ६ करोड अपचलनपछि ६ वर्षदेखि फरार सहकारी अध्यक्ष अशोक केसी अन्ततः भक्तपुरबाट पक्राउ

    रुपन्देही, साउन १५ – रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी, जो...

    जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

    जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी...

    ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

    काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा...