News Portal

मोरङको रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण

हिमालीसंचार संवाददाता
२७३ पटक

रबिन्द्र बराल/मोरङ – “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार,  आधुनिक र समृद्ध रंगेलीको आधार” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले  संस्थागत तथा सामुदायिक विद्यालयबाट विस २०७७ सालमा कक्षा १० (एसइई) उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण  गरेको हो ।

नगरभित्र रहेका सामुदायिक तर्फका १२ वटा माध्यमिक बिधालयबाट २ सय ९६ छात्रा  र संस्थागत तर्फका ८ वटा बिधालयका १ सय ५ जना  छात्राहरुलाई साईकल बितरण गरेको छ। बिधालयमा अध्यनरत बिधार्थीहरु मध्ये ७७ सालको एसइईमा ४ सय १ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षको बार्षिक बजेटबाट साईकल खरिद गर्ने निर्णय  गरेपछि साईकल खरिद गरेर बितरण गरेको हो। 

नगरपालिकको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्याकारी अधिकृत नवराज कार्की, वडाअध्यक्ष रामचन्द्र मंण्डल, रुपेश मंण्डल, कृष्ण भट्टराई, शिक्षा अधिकृत रबिन्द्र पंण्डत, सुनिल साह, कार्यपालिका सदस्य शंकर साह, संस्थागत बिधालय का शिक्षक बिकर्ण कार्की, भक्तराज सुब्बा, बुद्धिजीवी सुरेश मिश्र, अबिभावक, बिधार्थी लगायतको उपस्थिति समेत रहेको थियो ।  

कार्याक्रमका प्रमुख अतिथिले भने नगरपालिकाले ४ सय १ जना  छात्राहरुलाई पठनपाठनका लागि आवतजावत गर्ने र बिधालय सम्म पुग्नका लागि सहज र सरल र छात्राहरुले अझै राम्रो संग पढेर समाज र देशका लागि केही गर्ने सक्ने हाैसला बढाउनका लागि नगरले साईकल बितरण कार्यक्रम राखेको बताए । 

त्यसैगरी  आगामी दिनहरुमा समेत अब आउने जनप्रतिनिधिहरुले यस्तो कार्यक्रमलाई निरन्तरता दिन समेत अग्रह गरका थिए।  नगरले ४ सय ७ थान साईकल खरिदका लागि स्यानयो इन्टरनेशनल प्राइभेट लिमटेड काठमाण्डौले ठेक्का पाएको थियो । कम्पनीले ३३ लाख ९१हजार ८ सय ३६ रुपैयाँ भ्याट सहित टेन्डर पाएको थियो । साईकलमा कार्यक्रम सहभागीहरुले यसरी नगरपालिकाले सामुदायिक र संस्थागत बिधालयलाई एक रुपताका साथ हेरेकोमा नगरपालिकालाई धन्यवाद समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...