आज : २०२६-०९-२१, सोमबार

प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्वारा बुद्धवचन अनुवादको भ्रमण तथा अवलोकन

काठमाडौं – सोनाम ल्होसारको अवसरमा प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले बुद्धवचन अनुवाद समिति नेपालको कार्यालय भ्रमण गरेको छ।

राष्ट्रिय गौरवको अध्यात्मिक परियोजनाको रुपमा रहेको प्रज्ञापारमिताको अनुवाद कार्य प्रति विशेष चासो राख्दै नेता राईले बुद्धवचन अनुवाद समिति नेपालको अनुवाद कार्य महान भएको बताउदै खुशी समेत व्यक्त गरे। बीटीसी नेपालबाट जुन कार्यको सुरुवात भएको छ। त्यो प्रशंसनीय र असाध्य नै अनिवार्य अनि सान्दार्भिक कार्य भएको उनले बताए। 

बुद्धवचन र बुद्ध दर्शन बुद्ध भूमिमा मात्र सिमित नभएर सिंगो विश्वमा नै यसले निर्देशित गरिरहेको नेता राईको जीकिर रहेको थियो । बुद्धवचन अनुवाद समिति नेपालबाट भइरहेको अनुवाद कार्य कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उक्त कार्यलाई बहसको विषय बनान पर्नेमा राईले जोड दिए।  

बीटीसी नेपालको अनुवाद कार्यलाई राज्यले मान्यता दिनुपर्ने विषयमा औपचारिक छलफलको विषय बनाएर आगामी दिनमा जानुपर्ने नेता राईको भनाई रहेको थियो । प्रज्ञापारमिताको अनुवाद कार्यलाई राष्ट्रिय गौरवको अध्यात्मिक परियोजनाको रुपमा राज्यले अपनत्व ग्रहण गरी आवश्यक कार्यसम्पादनमा भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ। 

राज्य यो भूमिका तथा दायित्वबाट विमुख भएका छन्। ईतिहासमै पहिलो पटक बौद्ध धर्मको मुख्य ग्रन्थ त्रिपिटकको एक सय ठेली मध्ये १६ ठेली प्रज्ञापारमिता नेपाली भाषामा अनुवाद भइरहेको छ। बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टीका शेर्पाका अनुसार हालसम्म अनुवाद कार्य ९० प्रतिशत सम्पन्न भइ सकेको छ। समितिले ८ हजार पंतिको १ ठेली आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता गेतोङपाको नेपाली अनुवाद भने सार्वजनिक गरिसकेको समेत जानकारी दिएका थिए।