News Portal

  • एनआरएनए पदाधिकारीविरुद्ध प्रहरीमा उजुरी, जापानको निर्वाचनमा धाँधली गरेको आरोप

    हिमालीसंचार संवाददाता
    २१० पटक

    काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ। गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा.हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठविरुद्ध उजुरी परेको हो।

    जापानको दशैं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुप्रयोग गरी एमआइएस सिस्टममा अनाधिकृत पहुँच गरी आइसीसी, आइसीसी आइटीले र एनसिसी एडमिन सञ्चालकले फेरबदल गरी आफूखुसी मतदान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको उजुरीमा उल्लेख गरिएको छ।

    उक्त प्रविधिमा प्रयोग भइरहेको युजर इमेल के कति मितिबाट कुन आइपी परिवर्तन भएको हो ?निर्वाचनमा भोटिङ हुँदा कुन-कुन आइपीबाट भएको हो ? भोटिङ गर्न गएकाहरुले के कुन समयमा कसरी भोटिङ गरिसकेका हुन् ? सो लगायतको विषय फरक नपर्नेगरी प्रहरीले पत्र काटेर माघ २१ गतेभित्र उपस्थित हुन अनुरोध गरेको छ।

    अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले एनआरएनए जापानको अनलाइन मतदानमा धाँधली गरेको भन्दै विद्युतीय कारोबार ऐन २०६३ अनुसार अपराध छानविनको माग गर्दै उजुरी दिएका हुन्। संघको उच्चस्रोतका अनुसार संघको २८ फेब्रुअरीमा हुने निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आचार्य समूहले आफ्नो समूह बाहेकका अन्य पदाधिकारीविरुद्ध मात्र प्रहरीमा उजुरी दर्ता गराएका छन्।

    उजुरीकर्ताले एमआइएस (मेम्बवर इन्फरमेशन सिष्टम)को अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष मन केसी र उपाध्यक्ष नविना केसीको विरुद्ध उजुरी दिएका छैनन्। उक्त समूहले परराष्ट्र मन्त्रालयको प्रयोग गरेर संघको निर्वाचन प्रभावित गरिएको थियो। परराष्ट्रलाई उच्च अदालत पाटनले लगाम लगाइदिएपछि उक्त समूहले प्रहरीमा उजुरी हालेको हो।

    यसअघि संघले महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलले आगामी शनिबारसम्म प्रतिवेदन पेस गर्ने बताइएको छ। कार्यदलको बैठकले ५ फेब्रुअरीदेखि संघको निर्वाचन प्रक्रियाअघि बढाउने निर्णय गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...