News Portal

  • वैदेशिक रोजगारीमा साउदी अरब जाने बढे !

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    सीता शर्मा,काठमाडौँ। पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ। नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो।

    वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो। मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ हजार ८२५ जना मात्रै छन्।

    कोरोना सङ्क्रमणका कारण गत फागुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारी असारदेखि गति लिन थालेको थियो तर पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो।

    विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा दुई लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जानका लागि श्रम स्वीकृति लिएका छन्। साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या बढदै गएको र पुसमा घटेको पाइएको छ।

    विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै मङ्सिरमा ७४ हजार ३५४ जना र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए। यसैगरी, पुस महिनामा ६३ हजार ८२५ जना, कात्तिक महिनामा ५४ हजार ११८ जना, असोजमा ३९ हजार ६७१ जना र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले गएको असारदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः बढेकामा पुसमा कोरोना सङ्क्रमण बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि घट्न थालेको बताउनुभयो। पछिल्लो पटक नेपाल र नेपालीका श्रम गन्तव्य देशमा नयाँ भेरियन्टको कोरोनाको सङ्ख्या बढेकाले माघ महिनामा यसको सङ्ख्या अझै घट्ने उहाँको भनाइ छ।

    संस्थागत रूपमा श्रम स्वीकृति लिएर जाने बढे !

    विभागका अनुसार पछिल्लो महिना व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या बढेको छ। पुस ६३ हजार ८२५ जनाले श्रम स्वीकृति लिएकामा महिनामा ३३ हजार २२५ जनाले संस्थागत श्रम स्वीकृति लिए भने ३० हजार ६०० जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन्।

    मङ्सिर महिनामा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा संस्थागत रूपमा ३१ हजारले मात्रै लिएका थिए भने ३९ हजार ३५४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

    साउदी अरब जाने बढे !

    विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालीका प्रमुख गन्तव्य देश साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। पछिल्लो ६ महिनामा साउदी अरब र कतारमा एक/एक लाख जना रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ।

    यस्तै, यूएईमा पछिल्लो ६ महिनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन्। ओमान, कुवेत, माल्दिभ्स, रोमानिया, साइप्रस, बहराइनसहितका ९८ देशमा श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने...

    ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको...

    वाईसीएलले प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिनको माग गरे

    काठमाडौं, ३१ असोज – नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री...

    जेनजी आन्दोलनमा जलेका जग्गाधनीका अभिलेख पुनः कायम गराउन मालपोत कार्यालयको आग्रह

    रुपन्देही, असोज ३१ — जेनजी आन्दोलनका क्रममा जलेका जग्गाधनीका कागजपत्र पुनः व्यवस्थित गर्न मालपोत कार्यालय...

    मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा, वार्ता समिति गठन

    काठमाडौं, असोज ३१ — जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका...