News Portal

कुवेतमा बेचेको आरोप लगाउने सानिमाको अन्तर्वार्ता लिने युट्युवबिरूद्द प्रेस काउन्सिलमा उजुरी परेपछि…

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौं। कुवेतमा आफ्नै दिदिको छोराले ९ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ।

केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते)ले आफुलाई नौ सय दिनारमा बेचेको भन्दै झापाकी सिता भुषालले त्यहिँबाट संचालित केही युट्युवरको शरणमा पुगेर भिडियो अन्तरवार्ता दिएकी थिइन्। त्यो अन्तरवार्तालाई बिभिन्न शिर्षक दिएर झापाका केहि युट्युवरले युट्युव च्यानलमार्फत भिडिओ सार्वजनिक गरेका थिए।

उनले दिएको झुटो अन्तरवार्तालाई युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने एफ.डि.सी अनलाईन टिभि, नेपाल अनलाईन टिभि र भाइरल अनलाईन टिभि युट्युव च्यानलहरु सूचना तथा प्रसारण विभागमा दर्ता वा सुचिकृत नभएको प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

ती च्यानलहरु वेवपोर्टल वा अनलाइन मिडियाको रुपमासमेत सूचीकरण नभएको बताएको छ। मोतेका दाजुले ती युट्युव च्यानलहरु दर्ता भए/नभएको जानकारी पाउँ भन्दै काठमाडौंस्थित प्रेस काउन्सिल नेपालमा निवेदन दिएका थिए।

झापा घर भएकी सिता भुषाल झापाकै अभिकेशर मोतेकी सानिमा हुन्। अभिकेशरको परिवार बिगत १४ बर्षदेखी कुवेतमा रहेका छन्। ती युट्युव च्यानलबिरुद्ध मोते परिवारले कानुनी उपचार खोज्दै प्रहरी प्रशासनमासमेत निवेदन दिएका छन्।

हुँदै नभएको घटनालाई उचालेर परिवारकै चरित्रहत्या गर्ने उदेश्यका साथ युट्युवर प्रयोग गरेको र युट्युवर पनि डलर कमाउने धन्दामा लागेर सामाजिक द्वन्द्व निम्त्याएको भन्दै मोते परिवारले कानुनी उपचारको बाटो अपनाउन बाध्य भएको बताएको छ।

मोतेले हाम्रोसंचारसँग कुरा गर्दै सिता भुषाल आफ्नै सानिआमा भएको तर उनले केहि युटुबरलाई दिएको अन्तरवार्ता सरासर झुटो भएको बताएका छन्। बरु दलालको पञ्जामा परेर कुवेतमा बेचिन पुगेकी सानिआमालाई आफुले उद्धार गरेको उनले जिकिर गरेका छन्।

भिडिओमा सिताले आफुलाई बेचेको दाबी गर्दै शारीरिक र मानसिक यातना दिएको दाबी गरेकी छन्। उनले आफुलाई बेचेको घरको तिन तलामाथिबाट हाम फालेर भागेर दुतावासको शरणमा पुगेको जस्ता पत्याउन नसकीने मनगडन्ते कुरा गरेकी छन्।

यस्तै, भिडिओमा अभिकेशरका दाजु कुमार मोतेलेसमेत आफुलाई टुक्रा-टुक्रा पारेर काट्छु भन्दै धम्की दिएको बताएकी छन्। यद्यपि कुमार मोतेले उनीसँग कुनैपनि किसिमको विवाद नभएको बताएका छन्।

भिडिओ अन्तर्वार्ता सार्वजनिक गर्ने एफ.डि.सीका प्रमुख मन राइसँग सत्यतथ्य बुझ्न खोज्दा गल्ति भएको भन्दै पहिले पोष्ट गरेको भिडिओ डिलिट गरेका थिए भने, केहिदिन पछि पुन: त्यहि भिडिओ अपलोड गरेका थिए। अहिले एफ.डि.सी युट्युव च्यानललगायत अन्य च्यानलका भिडिओहरु पनि भिडिओहरु हटाइएका छन्।

यता, कुवेतस्थित नेपाली राजदूतावासले सिता कुवेत आएको कुनै अभिलेख नभएकोले अवैध बाटो हुँदै आएको हुनसक्ने बताएको छ।

साइबर अपराध अनुसार सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब आदिको दुरुपयोग गरी अपराधजन्य कार्य जस्तै: नैतिकता, घृणा, द्वेष, सामाजिक सद्भाव बिगार्ने, महिला जिस्क्याउने, अपमान गर्ने, यस्तै अमर्यादित कार्य गरेमा रु १ लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...