News Portal

खोलामा लगाएका तारजाली स्थानीयद्वारा विक्री, साईकलमा भारत तर्फ निकासी

हिमालीसंचार संवाददाता
२२६ पटक

रबिन्द्र बराल/मोरङ – नेपाल सरकारले करोडौको वजेट  बिनियोजन गरेर कटान नियन्त्रणका लागि खोलाहरुमा तारजाली सहितको तटवन्ध निमार्ण गरेको छ । खोलामा आउने वाढीवाट  गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुंगा सहितको तटवन्ध निमार्ण गरिरहेको छ । पछिल्लो समयमा  मोरङ जिल्लाको वक्राहा, चिसांग, लोहन्द्रा, केशलिया, सिंगिया लगायत दजैनौ खोलामा ठुलो वजेटमा तटवन्ध निमार्ण भएका छन  ।

सरकारले तटवन्धमा गरेको लगानी गाउँ बस्ति जोगाउन र खेतियोग्य जमिन वचाउन हो । स्थानीय पालिकाले तथा नेपाल सरकाको सम्वन्धित कार्यालयले निमार्ण गरेको त्यस्ता उपयोगी तटवन्धको सुरक्षा नहुदा तटवन्धमा प्रयोग भएका तारजाली तोडेर काटेर विक्रिगर्ने क्रम अहिले दिनप्रतिदिन बडिरहेको छ । 

कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका ठाउँहरुका खोलामा केहि मानिसले थोरै  पैसाका लागि खोलामा लगाएको तारजाली तोडेर  कवाडीलाई विक्रीबितरण  गर्ने गरेको खुलासा भएको छ ।

भारतवाट आएका कवाडीहरुलाई ३० रुपैया किलोमा त्यस्ता  तराजाली विक्रि गर्ने गरेको पाइएको छ । साइकलमा आउने कवाडीहरुले प्रायजसो उत्तरी मोरङ क्षेत्रवाट वढिमात्रामा् खरिद गरेर ल्याउने र रातीको समयमा रंगेली नाका भएर भारततर्फ लैजाने गरेका छन ।  

इलाका प्रहरी कार्यालय रंगेलीले तारजाली र साइकल सहित पहिलोपटक दुई जनालाई नियन्त्रणमा लिएर सजक गराएर छाडेको थियो । पुनः प्रहरीले तीन जनाको साईकल समेत नियन्त्रणमा राखेको छ । साइकलमा तारजाली हालेर भारत लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अनमोल खडकाले बताए।

प्रहरी २४ घन्टा सुरक्षामा खटिएपनि खोलाको तटवन्धमा  प्रयोगहुने तारजालीको चोरी निकासी नियन्त्रण भने प्रहरीको ध्यान जान सकेको थिएन। तटवन्धमा प्रयोग भएका तारजाली चोरिगर्दै यसरी नै विक्रि गर्दै जाने हो भने वर्षायाममा आउने वाढिले भोलीका दिनमा ठुलो खतरा निमत्याउन नसक्ला भन्न सकिन्न । 

समयमा सबै सरोकार बालाहरु सजक रहनु जरुरी देखिन्छ । यस्ता जाली ३० रुपैया केजीमा विक्रि गरेको तारजालीका कारण भोली खोलाले आफनै गाउँ घरमा खोला कटान गरेर गाउँ तथा खेतीयोग्य जमिनमा समेत करोडौको क्षति हुन सक्ने भएकाले त्यस्ता उपयोगी सम्पतीहरु जोगाउन  सवैको ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...