News Portal

मोरङको उर्लाबारीमा फेरी अर्को दुर्घटना, ३ जना घाईते

हिमालीसंचार संवाददाता
३६३ पटक

उर्लाबारी – मोरङको उर्लाबारी-३ मंगलबारे स्थित सोल्टी खोला पुलको डिभाइडरमा म्याजिक भेन अनियंत्रित भई ठोक्किर दुर्घटनामा परेको छ ।

बिराटनगरबाट खाद्य सामाग्री बोकेर पूर्वको दमकतर्फ जादैगरेको प्रदेश १-०२००२च ४२६७ नम्बरको म्याजिक भेन अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भेनका चालक बिराटनगर बस्ने अजय कुमार शाहको हात र खुट्टामा सामान्य चोट लागेको छ भने कामदार सद्दाम हुसेन र अनवर अन्सारीलाई सामन्य चोटपटक लागेको अस्थाई प्रहरी चौकी मगलबारेका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधानले हिमालीसचंरडटकमसंग बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रवार बिहान करिब ६:३० बजेको समयमा भएको दुर्घटनामा भेनका चालक निदाएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाको बिस्तृत अनुसन्धानका लागि भेन र भेनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ। 

यस अघि सोही पुलमा बुधबार बिहानै मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा उर्लाबारी-७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...