News Portal

  • गाँजा सहित धनपालथा र धरानका तिन जना युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    २३६ पटक

    रबिन्द्र बराल/मोरङ –  मोरङ धनपालथान गाउँपालिका २ स्थित   बरियाती टोलबाट नेपालमा प्रतिबन्धित गाँजा सहित तीन जना युवा पक्राउ परेका छन । सोही स्थान बस्ने ४० बर्षीय वसन्त पासवानको घरको ट्वाईलेट पछाडी सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा गाँजा ३ केजी, १०५ ग्राम गाँजा बरामद गरिएको छ ।

    प्रतिबन्धित गाँजा बिक्री बितरणको गरेको गोप्य सुचनाको आधारमा अमाहीबरियातीबाट खटिएका प्रहरीको गस्ती टोलीले खोजतलास गर्ने क्रममा पासवान सहित गाँजा ओसार पसार एवम बिक्रिबितरणमा संलग्न रहेका दुई जना युवालाई समेत पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धरान उपमहानरपालिका वडा नं. १६ बस्ने ३६ बर्षीय  रबिन राई, सोही स्थान बस्ने २२ वर्षीय वचन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर .१-०२-०४५ प २६९९ नम्बरको  मोटरसाईकल सहित  रविन  राईको साथबाट नगद रु.२० हजार ५ सय रुपैयाँ  बरामद गरी  उक्त गाँजा, तिन जना युवालाई पक्राउ गरेको हो । 

    उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...