News Portal

कतारको एउटै कम्पनीमा १५० नेपाली अलपत्र, दूतावासले चासो नदिएको पीडितको गुनासो

हिमाली संचार संवाददाता
८५४ पटक

दोहा – कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदारहरु अलपत्र परेको एभरेष्टदैनिकमा समाचार छ।

कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार नगर्न भएपछि उनीहरु अलपत्र परेका हुन। “कम्पनीले तलब दिदैन खान बस्न पनि समस्या छ । बत्ति पानी पनि छैन अहिले विभिन्न संघ सस्थाको सहयोगमा बाचेका छौ “पीडितको भनाइ छ।

कम्पनीले वास्ता नगरेपछि मंग्लवार ३२ जना पीडित कतार स्थित नेपाली दूतावासमा गएका भएपनि दूतावासले बैकल्पिक काम खोजेर रिलिज लिन अथवा टिकट काटेर स्वदेश फर्किन सुझाव दिएको पीडितहरु बताउछन्।

आफुहरु नेपाल बाट श्रम स्वीकृत लिएर बैधानिक रूपमा कतार आएको भएपनी दूतावासले न्यायका लागि कुनै ठोस पहल गरेको छैन रगत पसिना बगायर काम गरेका छौ ५ महिनाको तलब पनि दिएको छैन घर बाट पैसा मागेर कसरी स्वदेश फर्किनु पीडितको गुनासो छ ।

अलपत्र परेका पीडितको बिवरण

 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...