News Portal

  • भेडेटारमा फुट फेस्टिवल, भारतीय पर्यटकको घुइचो

    हिमालीसंचार संवाददाता
    १५० पटक

    धरान – धनकुटाको भेडेटारमा प्रत्येक नयाँ वर्षका दिन भरिभराउ हुने भेडेटार यसवर्ष पनि भरिभराउ भएको छ । नयाँ वर्ष सन् २०२२ सालको अवसरमा होटल एशोसिएशन भेडेटारले आयोजना गरेको नवौं फुड फेस्टिवलमा सहभागीको घुइचो बढेको छ भने छिमेकी राष्ट भारतबाट पर्यटक ह्वात्तै बढेको छ।

    विगतको २ वर्षमा कोरोनाको महामारीले पर्यटक भित्र्याउन नसकेको भेडेटार यसवर्ष भने अंग्रेजी नयाँ बर्ष सन् २०२२ सालको पहिलो दिन नै पर्यटकहरुको भीड बढेको छ । त्यसमा पनि भारतीय पर्यटकहरुको उल्लेख्य रुपमा भेडेटार आएकाले भेडेटारका व्यवसायीहरु उत्साहित छन् ।

    होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार शनिबार मात्रै १० हजारको हाराहारीमा पर्यटकहरु भेडेटार घुम्न आएका छन् । त्यसमा भारतीय पर्यटकहरुको संख्या पनि राम्रो भएको उनले बताए । ‘आज ८, १० हजार पर्यटकहरु भेडेटारमा नयाँ बर्ष मनाउन आए, भारतीय पर्यटकहरु पनि राम्रो संख्यामा छन्,’उनले भने,‘हिजो शुक्रबारदेखि नै भेडेटारका होटल, लजहरु प्याक छन् ।’

    शनिबार दिनभर जसो भेडेटार क्षेत्रमा ट्राफिक जाम रह्यो । स्वदेशी तथा विदेशी पर्यटकहरु गाडीसहित भेडेटार पुगेको कारण जाम भएको थियो । साँझ तिर पर्यटकहरु फर्कन थालेपछि मात्र सहज भएको ट्राफिक इञ्चार्ज राजन श्रेष्ठले जानकारी दिए । उनले भने,‘साँझतिर फर्कन थालेपछि सहज भयो ।’ भेडेटारमा व्यवस्थित पार्किङको अभावले पनि पार्किङका लागि समस्या हुने गरेको छ ।

    धनकुटाको भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको छ । फेस्टिवलमा आउने पर्यटकहरुलाई होटल तथा लजहरुले १० प्रतिशत छुट दिएका छन् भने जिपलाइनमा १५ प्रतिशत र प्याराग्लाइडिङमा ३० प्रतिशत छुट दिएका छन् । तीन दिने फेस्टिवलमा २० देखि ३० हजार पर्यटकहरु भेडेटार घुम्न आउने छन् भने करिब १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...

    कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

    बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने...

    भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको...

    विवाहको उमेरदेखि सजाय माफीसम्म : गृहमन्त्री लेखक भन्छन्, “जनचासोअनुसार कानुन परिमार्जन गरिन्छ”

    काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत...