News Portal

रंगेली नगरपालिकाको सिसि क्यामेरा बिग्रेको महिनौ बितिसक्दा समेत मर्मत भएन

हिमालीसंचार संवाददाता
२३१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ९ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन ।

नगरपालीकाले नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेर बेला बेलामा क्यामरा मर्मत नगर्दा पुर्ण रुपमा सिसि क्यामरा बिग्रिए पछि शान्ति सुरक्षामा थप समस्या पर्ने थालेको छ। नगरले सुरक्षाको लागि नगर परिसर  भित्र  कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा    डाईनिया जाने बाटो माेरिया पुल र भन्सार छेउमा जडान गरेको सिसि क्यामेरा संचालनमा ल्याएको थियो ।  

नगरको फितलो व्यवस्थापनका कारण समयमै क्यामरा मर्मत सम्भार नहुदा  नगर भित्र आसपासमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने थप समस्या परेको प्रहरीले जनाएको छ । नगरले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसि क्यामरा जडान गरेको भएता पनि त्यसको समयमै मर्मत सम्भार नहुदा कागलाई बेल पाक्यो हर्सन बिस्मत भएको छ। 

ईलाका प्रहरी कर्यालयल रंगेलीलाई निगरानीका लागि मोनिटर सहित जिम्मेवारी दिएता पनि सिसि क्यामरा बिगत ९ महिनादेखि बिग्रेका कारण उपकरण नै बिग्रिने अवस्थामा पुगेको छ ।  हुलाकी सडक निर्माणकार्य गर्नका लागि बिधुत पोल  ठाउँ सार्ने कार्य भएको सात महिना बितिसक्दा समेत सिसि क्यामरा भने संचालनमा  आउन सकेको छैन । 

नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामराको सदुपयोग नहुदा अपराध गतिविधि समेत बड्ने सम्भावना समेत बढदै गएको छ। ईलाका प्रहरी कार्यालय रंगेलीको संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेर  संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको भएता पनि क्यामरा संचालनमा नआउदा बेकामे समेत बनेको छ । 

विगत ६ महिना अगाडि नगरपालिकामा सुचान अधिकृत सन्जय गुप्ताका अनुसार अबको  केही दिन पछि सिसि क्यामरा संचालनमा ल्याउने भनिएता पनि ६ महिना बितिसक्दा समेत क्यामरा संचालनमा आउन सकेको छैन । सोही बिषयमा समचार तयार पार्नका लागि सुचना अधिकृत गुप्तालाई बारम्बार फोन सम्पर्क गर्दे उनको फोन सम्पर्क हुन सकेका छैन।  

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...