News Portal

तमु ल्होसारमा प्रदेश नं. १ का मुख्यमन्त्री राईले दिए शुभकामना!

हिमालीसंचार संवाददाता
३०५ पटक

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ समुदायको तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् । तमु ल्होसारका अवसरमा प्रदेश १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ ‘तमु’ दाजुभाई, दिदीबहिनीहरू सहित सम्पूर्ण नेपाली समुदायमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका छन् ।

तमु ल्होसार चाड गुरुङ समुदायले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाई आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो चाडलाई मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने प्रचलन छ ।

गुरुङ समुदायमा यस पर्वका दिन आफन्तजन, नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको छ । 

मुख्यमन्त्री राईको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकार समेत गरेको छ । ‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।’ भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...