News Portal

  • निर्माण कम्पनी सम्वद्ध दुई चालक पक्राउ, निर्माण व्यवसायीको विरोध

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    खोटाङ –  खोटाङ जिल्लामा प्रकृया पुरा नगरी ढुंगा उत्खनन् गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले निर्माण कम्पनी सम्वद्ध जेसिभी तथा व्याकहोलोडर चालकलाई नियन्त्रणमा लिएको छ ।

    दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) खण्ड कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका जेसिभी तथा व्याकहोलोडर चालक महेन्द्र राई र झनकनाथ तिमिल्सेनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

    जिल्लाको दिक्तेल–आहाले सडक खण्डको खाल्ले क्षेत्रमा प्रकृया पुरा नगरी सडकभन्दा माथि डोजर लगाएर ढुंगा निकालेको पाइएकाले दुई जना चालकलाई ‘होल्ड’ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले हिमालीसंचारडटकमसंग बताए ।

    प्रहरीका अनुसार ‘डाँडोमा डोजर चलाएर खनिरहेको पाइएको छ । निर्माण कम्पनीले कागजपत्र देखाउन सकेन । अनुमती लिएको पनि देखिएन,’ डिएसपी लम्सालले भने, ‘प्रकृया पुरा गरेर ढुंगा निकाल्ने काम गर्नुपर्छ । ढुंगा झिक्ने काम अहिले होल्ड गरिएको हो ।’

    नेपाल निर्माण व्यवसायी संघ खोटाङले भने दुई चालकलाई विनाकारण प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा दुई चालकलाई अवैधानिक रुपमा पक्राउ गरी दिनभर बन्धक बनाइएको नेपाल निर्माण व्यवसायी संघको विज्ञाप्तीमा उल्लेख छ ।

    निर्माण संघले गैर–कानुनी रुपमा पक्राउ गरी मानव अधिकार उल्लंघन गर्ने प्रहरीमाथि कारबाही माग गरेको छ । जेसिभी तथा व्याकहोलोडर चालकलाई प्रहरीले साँझ छाडेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका प्रतिनिधि खगेन्द्र राईले हिमालीसंचारडटकमसंग बताए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमतीमा स्थानीय पर्शुराम दाहालको ढुंगा खानी किनेर सडक कालोपत्रेको काममा प्रयोग गरिरहेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले सडक कालोपत्रेको कामका लागि ढुंगा झिक्न र क्रसर चलाउने प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमती पाएको हो ।

    कतिपयले भने सडकको कामका लागि अनुमती दिइएको ढुंगा गिटी अन्यत्र विक्री गरिएको गुनासो गरेपछि मुख्य ठेकेदारलाई सोधपुछ गर्नुपरेको नगर प्रमुख दिपनारायण रिजालले बताए ।

    ‘विकास निर्माणका लागि सम्वन्धित ठाउँकै श्रोत प्रयोग गर्ने हो । सडककै कामका लागि ढुंगा झिक्ने अनुमती दिएकै हो,’ रिजालले भने, ‘दायाँ–वायाँ गरेको छ र कानून विपरित भएको छ भने कारबाहीको दायरामा ल्याउँला तर सडक बनाउने कामलाई अहिले रोक्न हुँदैन भनेका छौँ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २१ गतेको राशिफल

    आज साउन २१, २०८२ (अगस्त ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

    काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा...

    साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

    पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार...

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...