News Portal

निर्माण कम्पनी सम्वद्ध दुई चालक पक्राउ, निर्माण व्यवसायीको विरोध

हिमालीसंचार संवाददाता
२६३ पटक

खोटाङ –  खोटाङ जिल्लामा प्रकृया पुरा नगरी ढुंगा उत्खनन् गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले निर्माण कम्पनी सम्वद्ध जेसिभी तथा व्याकहोलोडर चालकलाई नियन्त्रणमा लिएको छ ।

दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) खण्ड कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका जेसिभी तथा व्याकहोलोडर चालक महेन्द्र राई र झनकनाथ तिमिल्सेनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

जिल्लाको दिक्तेल–आहाले सडक खण्डको खाल्ले क्षेत्रमा प्रकृया पुरा नगरी सडकभन्दा माथि डोजर लगाएर ढुंगा निकालेको पाइएकाले दुई जना चालकलाई ‘होल्ड’ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले हिमालीसंचारडटकमसंग बताए ।

प्रहरीका अनुसार ‘डाँडोमा डोजर चलाएर खनिरहेको पाइएको छ । निर्माण कम्पनीले कागजपत्र देखाउन सकेन । अनुमती लिएको पनि देखिएन,’ डिएसपी लम्सालले भने, ‘प्रकृया पुरा गरेर ढुंगा निकाल्ने काम गर्नुपर्छ । ढुंगा झिक्ने काम अहिले होल्ड गरिएको हो ।’

नेपाल निर्माण व्यवसायी संघ खोटाङले भने दुई चालकलाई विनाकारण प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा दुई चालकलाई अवैधानिक रुपमा पक्राउ गरी दिनभर बन्धक बनाइएको नेपाल निर्माण व्यवसायी संघको विज्ञाप्तीमा उल्लेख छ ।

निर्माण संघले गैर–कानुनी रुपमा पक्राउ गरी मानव अधिकार उल्लंघन गर्ने प्रहरीमाथि कारबाही माग गरेको छ । जेसिभी तथा व्याकहोलोडर चालकलाई प्रहरीले साँझ छाडेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका प्रतिनिधि खगेन्द्र राईले हिमालीसंचारडटकमसंग बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमतीमा स्थानीय पर्शुराम दाहालको ढुंगा खानी किनेर सडक कालोपत्रेको काममा प्रयोग गरिरहेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीले सडक कालोपत्रेको कामका लागि ढुंगा झिक्न र क्रसर चलाउने प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमती पाएको हो ।

कतिपयले भने सडकको कामका लागि अनुमती दिइएको ढुंगा गिटी अन्यत्र विक्री गरिएको गुनासो गरेपछि मुख्य ठेकेदारलाई सोधपुछ गर्नुपरेको नगर प्रमुख दिपनारायण रिजालले बताए ।

‘विकास निर्माणका लागि सम्वन्धित ठाउँकै श्रोत प्रयोग गर्ने हो । सडककै कामका लागि ढुंगा झिक्ने अनुमती दिएकै हो,’ रिजालले भने, ‘दायाँ–वायाँ गरेको छ र कानून विपरित भएको छ भने कारबाहीको दायरामा ल्याउँला तर सडक बनाउने कामलाई अहिले रोक्न हुँदैन भनेका छौँ ।’

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...