News Portal

ललिता निवास जग्गा प्रकरणका भुमाफिया सुवेदी दम्पतीलाई ५ दिन थुनामा राख्न अदातलतको आदेश

हिमालीसंचार संवाददाता
२८८ पटक

काठमाडौं। चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी मंगलबार राति पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलबार राति सुवेदी दम्पत्तिलाई स्वयम्भुबाट पक्राउ गरेको हो।

सिआईबीेले उनीहरुलाई बुधबार म्याद थपका लागि जिल्ला काठमाडौैं अदातलतमा उपस्थित गराएको थियो। अदालतले दुवैजनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।

सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ।

सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा हडपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए।

सुवेदी दम्पत्तिसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित जग्गा फिर्ता माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...