News Portal

मोरङको रंगेलीबाट हत्या अभियोगमा दुई पक्राउ

हिमालीसंचार संवाददाता
२३६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा एक नाबालिकाको हत्या गरेको आरोपमा रंगेली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका २ नहर टोलका ४६ बर्षीय सैनी उराउ र ३५ वर्षीया संगीता उराउ छन् । गत मंसिर २६ गते साँझ रंगेली-२ नहर टोलबाट हराएकी चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउको शव दुइ दिनपछि घर पछाडि पैनीमा गाडेको अवस्थामा भेटिएको थियो । उनको हत्या गरी शव गाडेको प्रहरीको आशंका छ । 

घटनाको अनुन्धानका क्रममा ती दुवैजनाको समलग्नता देखिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका दुवैजनालाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...