News Portal

  • सुपर टाइफून ‘राई’ हङकङमा प्रवेश गर्यो, तर कमजोर भएर जाने छः अब्जर्भेटरी

    हिमालीसंचार संवाददाता
    १६५ पटक

    युवा राई/हङकङ –  सुपर टाइफून ‘राई’ हङकङमा सोमवार विहान प्रवेश गरेको सूचना हङकङ अब्जर्भेटरीले जारी गरेको छ।फिलिपिन्समा सुपर टाइफून ‘राई’ले मच्याएको वितण्ड हङकङ अब्जर्भेटरीका अनुसार उष्णकटिबंधीय चक्रवात सिग्नल नम्बर १ विहान ११ः२० बजेदेखि हङकङ प्रवेश गरेको हो।

    फिलिपिन्समा दर्जनौंको ज्यान लिएको समुद्री आँधी सुपर टाइफून ‘राई’ हङकङसम्म आइपुग्दा कम्जोर देखिएको छ। सुपर टाइफून ‘राई’ कमजोर भएर गए पनि हावा अझै बलियो छ। सुपर टाइफून राई दक्षिण चीनको सागर उत्तरी भाग हुँदै आज र भोलि कमजोर हुँदै जाने बताईएको छ ।

    हङकङमा जाडोको समयमा यस्ता टाइफून ज्यादै कम मात्रामा आउने गरेको विज्ञहरुले बताएका छन् । सन् १९६१ सालपछि यस प्रकारको टाइफून आएको यो चौंथो पटक हो। उष्णकटिबंधीय चक्रवात चेतावनीको रेकर्ड तोड्दै राई इतिहासकै डिसेम्बर महिनाको दोस्रो आँधी हो। 

    हङकङ अब्जर्भेटरीका कार्यवाहक वरिष्ठ वैज्ञानिक निर्देशक येउङ क्वोक चुङले सन् १९४६ सालको युद्धपछि डिसेम्बरमा उष्णकटिबंधीय चक्रवातको चेतावनी जारी गरेको यो पहिलो पटक भएको बताएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...