News Portal

  • नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्षे सेवा अवधिमै पेन्सन दिन सरकारको तयारी

    “वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने निर्णय”

    हिमालीसंचार संवाददाता
    १८३ पटक

    काठमाडौं – नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार भएको छ । प्रहरी नियमावली संशोधन गरी न्यूनतम पेन्सन अवधि २० बाट १६ वर्षमा घटाउने सरकारको तयारी रहेको छ।

    तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान कार्यालयले पेन्सनका लागि न्यूनतम सेवाहदको प्रावधान १६ वर्ष राख्ने प्रस्ताव अघि बढाएको हो । नेपाली सेनामा पनि गत वर्ष यो प्रावधान लागू भइसकेको छ । १६ वर्षमा स्वेच्छिक अवकाश रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिन पाउने गरी नियमावली संशोधन गर्न छलफल भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । सेनामा पनि सोही सर्तसहित १६ वर्षे प्रावधान लागु भएको छ।

    २० वर्षमा अवकाश पाउँदा विदेश जाने तथा अन्य काममा आबद्ध हुने अवसर पनि गुम्ने समस्या देखिएपछि प्रहरी प्रधान कार्यालयले पेन्सन अवधि १६ वर्ष बनाउन राजी भएको हो । स्वेच्छिक अवकाश रोजेका प्रहरीमध्ये धेरैजसो वैदेशिक रोजगारीमा जाने गर्छन् । ४० वर्ष उमेर कटेपछि वैदैशिक रोजगारमा जान समस्या हुने गरेको छ ।यही कारण पनि पेन्सन अवधि १६ वर्ष बनाउन लागिएको हो । 

    परिवार चलाउनै नसक्ने सेवा–सुविधाका कारण प्रहरीको तल्लो तहमा बीचैमा राजीनामा दिएर अन्य पेसा तथा व्यवसायमा लाग्ने प्रवृत्ति बढ्दो छ । सिपाही र हवल्दारका समस्याबारे दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले गरेको सर्वेक्षणमा सेवा–सुविधा कम भएको तथा समयमा पदोन्नति नहुने गरेको गुनासो गरेका थिए । 

    बढुवामा हुने समस्या समाधान गर्न १३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन पद थप्ने निर्णय गरेको थियो । वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने निर्णय भइसकेको छ । जसअनुसार एकैपटक करिब २० हजार प्रहरीको बढुवा हुनेछ ।

    हाल जवानको दरबन्दीमध्ये ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछन् । जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना बढुवा हुनेछन् । त्यस्तै, तीन हजार सात सय ४७ जना वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना वरिष्ठ सइमा बढुवा हुनेछन् । 

    मन्त्रिपरिषद्को प्रशासन समितिको बैठक नियमित नबस्दा नियमावली संशोधन राजपत्रमा प्रकाशित भएको छैन । नेपाल प्रहरीमा पेन्सनका लागि न्यूनतम सेवाअवधि १६ वर्ष पारित भए सशस्त्र प्रहरीमा पनि त्यही प्रावधान लागू हुने गृहका एक अधिकारीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...