News Portal

बैंकको ‘ट्वाइलेट’मा बेहोस् भेटिएकी एक नर्सको अस्पतालमा निधन

हिमालीसंचार संवाददाता
१८२ पटक

जुम्ला – जुम्लाको सिटिजन्स बैंक वाथरूममा बेहोस् भेटिएकी नर्सको अस्पतालमा मृत्यु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

नेपाल प्रहरी निरीक्षक यौवन चौधरीका अनुसार कोहलपुर उपमहानगरपालिका निवासी २६ वर्षीया श्रेष्ठको  निधन भएको हो । ‘विहीवार दिउसो वाथरूममा बेहोस् अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। ‘उपचारको क्रममा शुक्रबार उनको निधन भएको  हो ।’

बेहोस् अवस्थामा अस्पताल ल्याइएको र मुटुको धड्कन फिर्ता नभएपछि नर्स श्रेष्ठलेको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टटराईले बताए। 

श्रेष्ठ साथीको बहिनी भएकी र लामो समयदेखि चिनजान भएकाले हिजो बैंकको वाथरूममा पसेकी म्यानेजर महेश शाहीले बताए।  ‘पछि बेहोस् भएको थाहा पाएपछि ढोका फोरेर अस्पताल पुर्‍याइएको थियो,’उनले भने, ‘दिउसो हामी अफिसमै भएको समयमा घटना भएको थियो।’

उनका अनुसार बैंकमा गाड, कस्टुमर र कर्मचारी पनि थिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। आफन्त समेत जुम्ला आइपुगेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...