News Portal

  • बैंकको ‘ट्वाइलेट’मा बेहोस् भेटिएकी एक नर्सको अस्पतालमा निधन

    हिमालीसंचार संवाददाता
    १२५ पटक

    जुम्ला – जुम्लाको सिटिजन्स बैंक वाथरूममा बेहोस् भेटिएकी नर्सको अस्पतालमा मृत्यु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    नेपाल प्रहरी निरीक्षक यौवन चौधरीका अनुसार कोहलपुर उपमहानगरपालिका निवासी २६ वर्षीया श्रेष्ठको  निधन भएको हो । ‘विहीवार दिउसो वाथरूममा बेहोस् अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। ‘उपचारको क्रममा शुक्रबार उनको निधन भएको  हो ।’

    बेहोस् अवस्थामा अस्पताल ल्याइएको र मुटुको धड्कन फिर्ता नभएपछि नर्स श्रेष्ठलेको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टटराईले बताए। 

    श्रेष्ठ साथीको बहिनी भएकी र लामो समयदेखि चिनजान भएकाले हिजो बैंकको वाथरूममा पसेकी म्यानेजर महेश शाहीले बताए।  ‘पछि बेहोस् भएको थाहा पाएपछि ढोका फोरेर अस्पताल पुर्‍याइएको थियो,’उनले भने, ‘दिउसो हामी अफिसमै भएको समयमा घटना भएको थियो।’

    उनका अनुसार बैंकमा गाड, कस्टुमर र कर्मचारी पनि थिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। आफन्त समेत जुम्ला आइपुगेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

    काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ...

    आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको...

    आज २०८२ साल साउन २५ गतेको राशिफल

    आज साउन २५, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...