News Portal

पर्यटन बोर्डका सीईओ रेग्मी यसकारण परे निलम्बनमा, कार्यवाहकको जिम्मेवारी कस्ले पाए ?

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौँ। पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको हो।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले छानबिन नहुने बेलासम्म निलम्बन गरिएको जानकारी दिए। ‘बोर्ड बैठकले छानबिनको लागि ३ सदस्यीय समिति गठन गरेको छ’, उपाध्यक्ष रिजालले भने, ‘समितिको रिपोर्ट नआउँदासम्म निलम्बन रहनुहुन्छ।’

बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेसँगै वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको जिम्मेवारी दिएको रिजालले जानकारी दिए। छानबिन समितिको संयोजक उपाध्यक्ष रिजाल नै रहेका छन्।

निलम्बनमा कारण यस्तो छ:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर उनी विवादित भएका थिए। बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो।

कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो। सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डा. रेग्मीलाई कात्तिक २२ गते मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे सोधेका थिए।

दुवै पक्षसँग जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग स्पष्टीकरण माग गर्न मन्त्री आलेले पर्यटन सचिव तथा बोर्डका अध्यक्ष यादव कोइरालालाई निर्देशन दिएका थिए।

बोर्डले त्यतिबेला विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।

बोर्डका कार्यकारी प्रमुख डा.रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको दाबी गरिएको थियो।

उक्त दिन भन्सार जाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी जाँच छिटो गर्न आग्रह गर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको बोर्डले दाबी गरेको थियो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...