News Portal

पर्यटन बोर्डका सीईओ रेग्मी यसकारण परे निलम्बनमा, कार्यवाहकको जिम्मेवारी कस्ले पाए ?

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौँ। पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको हो।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले छानबिन नहुने बेलासम्म निलम्बन गरिएको जानकारी दिए। ‘बोर्ड बैठकले छानबिनको लागि ३ सदस्यीय समिति गठन गरेको छ’, उपाध्यक्ष रिजालले भने, ‘समितिको रिपोर्ट नआउँदासम्म निलम्बन रहनुहुन्छ।’

बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेसँगै वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको जिम्मेवारी दिएको रिजालले जानकारी दिए। छानबिन समितिको संयोजक उपाध्यक्ष रिजाल नै रहेका छन्।

निलम्बनमा कारण यस्तो छ:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर उनी विवादित भएका थिए। बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो।

कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो। सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डा. रेग्मीलाई कात्तिक २२ गते मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे सोधेका थिए।

दुवै पक्षसँग जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग स्पष्टीकरण माग गर्न मन्त्री आलेले पर्यटन सचिव तथा बोर्डका अध्यक्ष यादव कोइरालालाई निर्देशन दिएका थिए।

बोर्डले त्यतिबेला विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।

बोर्डका कार्यकारी प्रमुख डा.रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको दाबी गरिएको थियो।

उक्त दिन भन्सार जाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी जाँच छिटो गर्न आग्रह गर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको बोर्डले दाबी गरेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...